थप १६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २३ सय १६ पुग्यो

जेठ २२, काठमाडौं – थप १६ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा बिहीबार बिहान थप १६ जनामा संक्रमण पुष्टि भएको हो।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको हो। बागलुङ, स्याङ्जा, म्याग्दी र पर्वत जिल्लाका छन्।