यौन शक्ति बढाउन खानुहोस् यी खानेकुरा

जेठ २२, एजेन्सी – विवाहित जीवनमा यौनले ठूलो अर्थ राख्छ । जीवनसाथीलाई सन्तुष्टि दिनुपर्ने दुवैजनालाई चुनौती हुन्छ । शारीरिक सम्बन्ध राम्रो बनाउनका लागि खानपानले ठूलो अर्थ राख्छ । अस्वस्थकर खाना, प्रोटिन कम हुने खाना र ड्राइफुडले सेक्सुअल पावरमा प्रभाव पार्छ । त्यसैले आज हामीले यौन चाहना बढाउने केही महत्वपूर्ण खानेकुराका बारेमा चर्चा गर्दैछौँ ।

अमला – अमला स्वास्थ्यको हिसाबले निकै महत्वपूर्ण फल हो । अमलाले आँखाको क्षमता बढाउने, कपाल मुलायम बनाउन सहयोग गर्ने र सेक्स पावरका लागि पनि यो निक्कै महत्वपूर्ण मानिन्छ ।

अदुवाको धुलो – अदुवाको धुलोको सेवनले पनि यौन शक्ति बढाउन सहयोग गर्छ । अदुवाको पाउडरलाइृ कालो तिलमा मिसाएर चूर्ण बनाउने र दैनिक आधा चच्चा चूर्ण तातो दुध संग खानुपर्छ ।

इमली –इमली अमिलो जातको फलफूल हो । यसको प्रयोगले अनेक प्रकारका एलर्जीको उपचार गर्न सकिन्छ । इमलीको भित्रको दाना मिश्रीसँग मिसाएर खाने गरेमा यौन पावर बढ्छ ।

ग्रिन टीः ग्रिन टी मा क्याटेचिन्स नामक यौगिक पर्याप्त मात्रामा पाइन्छ । यसले पेटको बोसो गलाउने, कलेजोको क्षमता बढाउने तथा बोसोलाई उर्जामा बदल्ने काम गर्दछ । साथै यो यौगिकले यौनांग क्षेत्रमा रक्तप्रवाह बढाएर यौनेच्छामा वृद्धि गर्ने काम गर्दछ ।

आलुः आलुमा पनि पर्याप्त मात्रामा पोटासियम पाइन्छ । यसले रक्तप्रवाह बढाउँदछ । जसले यौनक्षमता वृद्धिमा सहयोगी बन्दछ ।