प्रशासकीय अधिकृतमाथि हातपात

जेठ २१, काठमाडौ – भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले आज हातपात गरेका छन् । गाउँपालिका ४ मा बसेकाहरुले क्वारेन्टिनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमाथि हातपात हुन् । भारतबाट आएका करीब १०० जिल्लाबासी सो क्वान्टिनमा एक हप्तादेखि बस्दै आएका छन् ।

उचित खालको व्यवस्थापन नगरेको जनाउँदै गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरुले अधिकृत हीरासिंह थापामाथि कुटपिट गरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए । अध्यक्ष बुढाका अनुसार पालिकाको क्वारेन्टिनमा एक हजार ६०० सयभन्दा बढी भारतबाट आएका जिल्लाबासी बस्दै आएका छन् । केही दिन अगाडि गाउँपालिका –३ कोे एक विद्यालयको क्वारेन्टिनमा बसेकाहरुले स्थानीय सरकारले राम्रो व्यवस्थापन नभएको भन्दै गाउँपालिका घेराउ गरेका थिए ।रासस