थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ९ पुग्यो

जेठ २१, काठमाडौं – नेपालमा आज थप २ सय १ जना नयाँ कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता बिकास देवकोटाका अनुसार संक्रमित हुनेहरुमा धनकुटा र सप्तरीका १ र १ जना,ताप्लेजुङका ३, पाँचथरका १ , पर्साका ७ , दैलेखका १ , सल्यानका ३ , मोरंङ र झापाका २र२ , तेह्रथुमका १ र सुनसरीका ८ जना रहेका छन् ।

त्यसैगरी कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २ , रुपन्देहीका २६ , महोत्तरीका ९ , दैलेखका ६ , कालिकोटका ७ , दाङका ८ , प्युठानका २ , धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका गरी ३ जना, नवलपरासीका ८ , रौटहटका ११ , रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, रअर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाका एक गरी ९ जनाको मृत्यु भएको छ ।