सञ्चारकर्मीसहित १५० को रिभपोर्ट नेगेटि

जेठ २१, काठमाडौ कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा स्वाब सङ्कलन गरिएका १५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । दुई जनाको भने रिपोर्ट पोजेटिभ आएको छ । यही जेठ १४ गते स्वाब सङ्कलन गरिएकाहरुको रिपोर्ट झण्डै एक सातापछि आज सार्वजनिक गरिएको हो ।

दुई दिनअघि वडा नं ११ का दुईमा सङ्क्रमण पुष्टि भएको थियो । उनीहरुको अहिले भैरहवामा उपचार भइरहेको छ । वाणगङ्गाका एक जनप्रतिनिधि र दुई पत्रकार सङ्क्रमित भएपछि कन्ट्याक ट्रेसिङका आधारमा सिद्धार्थ क्याम्पसमा स्वाब सङ्कलन गरिएको मध्ये दुईबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख ठगप्रसाद पौडेलले बताए ।

स्वाब सङ्कलन गरिएकामध्ये १७ सञ्चारकर्मी १७, जनप्रतिनिधि १३, नगरका कर्मचारी २८, सुरक्षाकर्मी दुई क्वारेन्टिनमा रहेका १५ र समुदायका ७५ गरी १५२ को स्वाब सङकलन भएको थियो । कपिलवस्तुको सञ्चार सहकारीद्वारा सञ्चालित सामुदायिक रेडियो / टेलिभिजनका दुई सञ्चारकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्टेशन भवनलाई क्वारेन्टिन बनाएर आठ सञ्चारकर्मी बसेका थिए ।

त्यहाँ कार्यरत नौ कर्मचारी होम क्वारेन्टिनमा बसेका थिए । सबैको रिपोर्ट नेगेटिभ आएपछि १२ दिनदेखि क्वारेन्टिनमा बसेका सञ्चारकर्मीलाई आज क्वारेण्टाइनबाट बिदा गरिएको छ ।बाह्र दिनसम्म सञ्चारगृहको क्वारेन्टिनमा बसेर जनतालाई सूसूचित गर्ने काममा खटिएका समाचार शाखा र प्राविधिक शाखाका सञ्चारकर्मीलाई व्यवस्थापक भेषराज पाण्डेले धन्यवाद ज्ञापन गर्दै सबैको नेगेटिभ नतिजा आएकामा खुसी व्यक्त गरे । अहिलेसम्म देशभर १८ सञ्चारकर्मीमा सङ्क्रमण पुष्टि भएको थियो ।