रुकुमपश्चिम हत्याकाण्ड– निश्पक्ष छानवीनका लागि सर्वदलीय संसदीय समिति गठन गर्न माग

जेठ २१, काठमाडौ – रुकुमपश्चिममा ६ जना युवकको ज्यान जाने गरि घटेको मानवता विरोधी नरसंहारले दलित आन्दोलनलाई गम्भिर चुनौति खडा गरेको दलित मूक्ति संगठनले जनाएको छ ।

जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस–२०७७ को सन्दर्भमा आज एक विज्ञप्ती जारी गर्दै संगठनले जेठ १० गते रुकुमपश्चिममा भएको नरसंहार नेपाली दलित आन्दोलनको सबैभन्दा कहाली लाग्दो घटना भएको भन्दै दुखद हत्याकाण्डको निश्पक्ष छानवीन गरी दोषीलाई हदैसम्मको कार्वाही गर्न माग गरेको छ ।

साथै पीडितका परिवारलाई क्षेतिपूर्ति प्रदान गर्न, ६ जना मृतकहरुलाई सामाजिक रुपान्तरणका शहिद घोषणा गर्न र यसखाले दःखद घट्नाहरुको पुनरावृति हुन नदिनका लागि सर्वदलीय संसदीय समिति गठन गर्न माग गरेको छ ।

एतिहासिक आन्दोलनको वलले विभिन्न उपलव्धी सहित दलित मुद्दा नेपाली राजनीतिको संबोधन गर्नैपर्ने केन्द्रीय विषय बन्न सफल भएकामा खशी व्यक्त गर्दै संगठनका सह –इन्चार्ज÷सह–संयोजक वोम वहादुर विश्वकर्मा द्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत रुकुमपश्चिमका अलवा देशका विभिन्न भागमा घटेका घट्नाहरुका अपराधीलाई कार्वाही गर्न र पिडितलाई क्षेतिपूर्ति प्रदान गर्न नेपाल सरकारसंग माग गरिएको छ ।

नेपाली दलित आन्दोलनको निरन्तर खबरदारीबाट घोषणा भएको यस राष्ट्रिय दिवसलाई व्यवहारमा लागू गर्न राजनीतिक परिवर्तनका संवाहक राजनीतिक दलहरु, दलित मुक्ति आन्दोलनका नेतृत्वदायी संगठनहरु, मानवअधिकार तथा सामाजिक न्याका क्षेत्रमा कार्यरत संघ÷संगठनहरुलाई अपिल गरेको छ ।

ऐतिहासिक जनआन्दोलन २०६२÷६३ को परिवर्तनको हिस्सेदार बनाउन जातीय छुवाछूत र भेदभावलाई समूल अन्त्य गर्ने राष्ट्रिय अठोटकासाथ २०६३ जेष्ठ २१ गते पुनःस्थापित संसदबाट छुवाछूतमुक्त राष्ट्र घोषणा भएसंगै यसलाई दिवसको रुपमा नेपालमा मनाउदै आएका छन ।