यि हुन सेक्स र कोभिड–१९ वारे जान्नै पर्ने कुराहरु

काठमाडौ, एजेन्सी–माहामारीले गर्दा देशमा लकडाउनको अवस्था रहेको छ । मानिसहरु सबै आ– आफना घर भित्र बस्न बाध्य छन । कोरोना भाइरस एक व्यक्तिवाट अर्को व्याक्तिमा सजिलै सर्न सक्ने भएको हुदा सामाजिक दुरी कायम गर्न जोड दिइएको छ । यसले गर्दा व्यातिm व्याक्ति वीचको भेटमा दरार उत्पन्न भएको छ । विश्व समाज भर्चुयल भेटघाटमा लागेको छ । तर यस्तो अवस्थामा यौन सम्पर्कको सवाल पनि जटिल वनेको छ । मानिसहरुमा यौन र कोरोनाको विषयमा जिज्ञासा उठेका छन । के यो अवस्थामा सेक्स गर्न सेफ छ ? के कोरोना भाइरस सेक्स गर्दा ट्रान्सफर हुन्छ ? कोरोना सक्रमण मुक्त भएको कति समय पछि सेक्स सम्बन्ध राख्न सकिन्छ ? यदि कोरोना र यौनका विषयमा जोडिएका तमाम प्रश्नहरुले तपाईलाई सताइरहेकोे छ भने यँहा तपाइको जिज्ञसा मेटाउने प्रयास गरिएको छ ।

के कोरोना सेक्सवली ट्रान्सफर हुन्छ ?

कोरोना र सेक्सको विषयलाई लिएर विश्वमा कुनै ठोस अध्ययन भएको छैन । तर यससग जोडिएर गरिएका केहि अध्ययनले भने कोरोना भाइरस सेक्सोवली ट्रान्सफ नहुने बताइएको छ । चिनमा ३४ जना कोरोना सक्रमण पोजेटभ देखिएका विरामीको ३१ दिन भित्र गरिएको सिमेन टेस्टमा कोरोना भाइरसको जिवाणुको नामोनिशान नभेटिएको जनाइएको छ । यसबाट यो पुष्टि हुन्छ की कोरोना भाइरस सेक्सवली टान्सफर हुदैन । तर, यदि कोरोना संक्रमित व्यक्तिसंग यौन सम्बन्ध भयो भने तपाईलाई पनि संक्रमण हुन सक्छ । यस्तो किन पनि हुन सक्छ भने सम्पर्कको बेलामा चुम्म्न गर्दा थुक वा ¥याल मार्फत यो एक देखि अर्कोमा टान्सफर हुन्छ ।

के लकडउनको समयमा घरमा एक साथ बसेका कपल्सले सेक्स संम्बन्ध राख्दा सेफ छ ?

यदि तपाई र तपाईको पानर्टनर घरबाट बाहिर जानुभएको छैन भने तपाई ढुक्कसंग सेक्सुवल रिलेशन राख्न सक्नुहुन्छ । तर तपाईको पानर्टनर मेडिकल पर्सन वा अन्य सेवामा ड्यूटी गछर्न वा तापाई मध्ये एक बाहिर सामान किन्न जान्छ भने तापाईले सेक्सुअल दुरी बनाउदा उचीत हुन्छ ।

कोरोना रिकभरी पछि कति समयमा सेक्सवुल रिलेशन राख्न सकिन्छ ?

यदि तापाई कोरोना पोजेटिभ भईसक्नु भएको थियो र हाल तपाई कोरोना मुक्त हुनुहुन्छ भने तपाईले चिकित्सकसंग आफ्नो समस्या खुल्लारुपमा परामर्श गर्नसक्हुन्छ । किन भने रिकभर पछि पनि कतिपय अवस्थामा कोरोना पोजेटिभ देखिएको उदाहरण प्रसस्तै छन । त्यसकारण रिकभरी पछि चिकित्सकको सल्लाह अनुसार सेक्सुवल रिलेशन राख्दा उचित मानिन्छ ।

के लकडउन पछि सेक्सुवल रिलेशन राख्न सकिन्छ ?

लकडाउनको अर्थ सामाजिक दुरी वढाउनु हो । यस भइरसको औषधी आउन लगभग १२ देखि १८ महिना लाग्ने अनुमान गरिएको छ । लकडाउन सकिए पछि पनि कोरोना भइरस नेपालमा रहि रहने भएको हुनाले हामीले आवश्यक ध्यान दिन आवश्यक रहेको छ ।
जुन व्यक्तिमा कोरोना संक्रमण भएको छैन त्यस व्यक्तिसंग सेक्स सम्वन्ध गर्न सुरक्षित छ । यस समयमा हामीले पहिले भन्दा बढी सोच विचार गरि सेक्स संम्बन्ध राख्न उचित हुन्छ । किनकि व्यक्तिमा हाल संक्रमण नदेखिए पनि उसलाई संक्रमण भई सकेको हुन सक्ने सम्भावना हुन्छ । यसको लक्षण देखिन २ हप्ता भन्दा बढि लाग्ने गर्दछ । पछिल्लो समय ८० प्रतिशत व्यक्तिमा लक्षणनै नदेखिने हुनाले यसबाट सर्तकता अपनाउन आवश्यक रहेको छ ।