आन्तरिक राजश्व विभागद्धारा कर बुझाउने म्याद थप

 

जेठ २१ , काठमाडौं – आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद थप गरेको छ । विभागले आज सुचना प्रकाशित गरि असार ७ गतेसम्म कर तिर्न सिकने वताएको हो ।

यस अघि जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नतिरे जरिवााना लाग्ने सूचना निकालेको थियो । व्यावसायीहरुले यसको चौतर्फी आलोचना गरे पछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको छ ।