ब्याट्सम्यान गेल भन्छन् ‘क्रिकेटमा समेत रंगभेद मिसिएको छ’

जेठ २०, एजेन्सी – वेस्ट ईन्डिजको ब्याट्सम्यान क्रिस गेलले क्रिकेटमा समेत रंगभेद हुने गरेको बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत यो रंगभेव हुने गरेको बताएका छन् ।

उनले लेखेका छन् ‘कोही अरुका जिन्दगी जस्तै अश्वेत मानिसको जिन्दगीले समेत अर्थ राख्छ । नश्लवादी मानिसलाई लाज लाग्नुपर्छ । मैले संसारभर यात्रा गरेको छु, मैले आफै नश्लीय टिप्पणीको अनुभव गरेको छु । किनकी म अश्वेत हुँ । खाली फुटबलमा मात्र हैन, क्रिकेटमा समेत यसबाट अछुतो छैन । अश्वेत टिमभित्र सधै हताशामात्र हात लाग्छ । अश्वेत शक्तिशाली हुन्छन्, मलाई गर्व छ ।’

गेलले फुटबलमा मात्र नभएर क्रिकेटमा समेत रंगभेदी ब्यवहार हुने खुलासा गरेका हुन् ।

अमेरिकामा एक अश्वेत नागरिकको प्रहरी कारबाहीमा निधन भएपछि विश्वभर घटनाको विरोध भएको छ । ४६ बर्षका जर्ज लायडको निधनपछि पुरै अमेरिकामा मानिसहरु सडकमा उत्रिएर विरोध गरेका छन् ।