ईस्मा गाउँपालिकाको एक क्वारेन्टिनमा जातीय छुवाछुत

जेठ २०, काठमाडौ- लकडाउनका वेला भारतमा रहेका नेपाली ठूलो सख्यामा नेपाल भित्रिएका छन । भारतको विभिन्न स्थानवाट गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ३ मा पनि मानिसहरु आउने क्रम चलिरहेको छ ।

ति सवै जनालाई स्थानीय सरकारले आलमदेवी प्राविको क्वारेन्टिनमा राखेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टिनमा वसेकाहरुका लागि खाना पकाउने भाडा र खद्यान्न सुविधा स्थानीय सरकारले दिएको छ ।

तर, स्थानीय सरकारले नै स्थापना गरेको क्वरेन्टिनभित्र समेत जातिय विभेद देखिएको छ । क्वारेन्टिनमा रहेका मानिसहरु एकै ठाउ सुते पनि भान्छा वेग्लावेग्लै गरेका छन ।

‘हामी ३ दनि अघि भारतबाट आएर यस क्वारेन्टिनमा बसेका हौं ।’  ईस्मा गाउँपालिका कमल नेपालीले इमेल खवर डटकमलाई भ यहा खान वस्न त असजिलो छ नै , त्यो भन्दा असजिलो जातिय भेदभाव भयो । हामी ३१ जना मध्ये ६ जना उपल्लो जातिका छन । उनिहरुले बेग्लै पकाएर खान्छन । हामी बेग्लै पकाउँछौं र्।

क्वारेन्टिनमा पनि जातिय विभेद भएको वारे जिज्ञासा राख्दा ईस्मा गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष तोयानाथ शर्माले भने ‘ म यो विभेद हुन दिन्न । सरकारी रासन खाएर छुवाछुत गर्र्नेको अर्को व्यवस्था हुन्छ । यसका लागि म कदम चाल्छु ‘

यसैगरि स्थानीय युवा विजय पाण्डेका अनुसार क्वारेन्टिनमा छुवाछुतका कारण वेग्लावेग्लै भान्छा चलेको र यसलाई एउटै वनाउन स्थानीय सरकार लागेको जानकारी दिए ।