महोत्तरीमा श्वास फेर्ने समस्याबाट गर्भवतीको मृत्यु

जेठ १९, काठमाडौ – महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रीतादेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक श्वास फेर्नमा समस्या हुँदा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो ।

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएमा हाल मृतकका आफन्तले सव दाह सस्कारका लागि लगेके प्रहरीले इमेलखवर डट कमलाई जानकारी दिएको छ ।