आज थपिए २२६ जना कोरोना संक्रमित

जेठ १९, काठमाडौं – नेपालमा एकैदिन २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता बिकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको बताए ।

पुष्टि हुनेहरुमा झापाका २, नवलपरासीका ३, दैलेखका ५१, जुम्लाका १९, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिराहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १ र कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमित मध्येमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।