शुक्रबार मात्रै ५९ जना नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या ५ सय १६ पुग्यो

 

जेठ ९, काठमाडौं – शुक्रबार थप ९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ५ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।

संक्रमित हुने हरुमा बारामा ६ जना र भक्तपुर,मकवानपुर र सप्तरीमा एक एक जना रहेको अधिकारीले जनाएका छन्।

बाराका संक्रमितहरुको उमेर २२ देखि ४५ वर्षसम्मको छ । शुक्रबार मात्रै ५९ जना नयाँ संक्रमित थपिएका हुन् ।