थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

जेठ १०, काठमाडौं – नेपाल शनिबार थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष रहेका छन् भने २७ वर्षीया महिला रहेकी छन् ।

यसैगरी सर्लाहीको गडैतामा थप १३ जना पुष्टि भएको छ । जसमा १८, २०, २०, २०, २१, २२, २३, २८, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुष रहेका छन् ।
यसैगरी बाराको करैयामाईमा ३७ वर्षीय महिला तथा काठमाडौंमा ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जनामा कोरोना पुष्टि भएके छ । जसमा २०, २०, २४, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष रहेका छन् । यस्तै भरतपुर प्रयोगशालामा गरिएकोे परीक्षण्मा पनि चितवनको भरतपुर(६ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।