वुधवार थपिए २५ जना सक्रमित, संक्रमितको संख्या ४२७ पुग्यो

 

जेठ ७, काठमाडौ – स्वस्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार २५ कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

संक्रमितमध्ये १८ पुरूष र ७ महिला रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४२७ पुगेको छ। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ।

आजै कोसी अस्पतालमा रहेका उदयपुरका ८ जना कोरोना संक्रमित डिस्चार्ड भएका छन्।