सुनसरीमा पहिलो पटक भेटियो कोरोना संक्रमण

जेठ ६, काठमाडौं – सुनसरीमा पहिलो पटक कोरोना संक्रमण फेला परेकोछ। गढी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

भारतबाट जोगबनीसम्म आइपुगेका उनलाई गाउँपालिकाले एम्बुलेन्समा ल्याएर क्वारेन्टाइनमा राखेको थियो।

नेपालमा हालसम्म ३७५ जना कोरोना संक्रमित भएका छन्। त्यस्तै ३६ जना निको भएर घर फर्किएका छन्। हालसम्मा दुई जनाको ज्यान गएको छ।