हत्या गरेर शव गाडेको अभियोगमा ४ जना पक्राउ

जेठ ४, कास्की – घन प्रहार गरी हत्या गरेर शव गाडेको अभियोगमा ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका – १४ समिनतारा बस्ने २१ वर्षीय ज्ञान बहादुर परियार, सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोर र बाग्लुङ घर भएका १९ वर्षीय सागर परियार रहेका छन् ।

करिब एक महिना अघि २२ वर्षीय बिमल रानाभाटलाई घनले हानी हत्या गरेर आफ्नै घर पछाडि बारीको डिलमा गाडेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनिहरुलाई पक्राउ गरेको हो ।

उनिहरुलाई थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले बताएको छ ।