खुशी हुँदै फर्किइन् कोरोनामुक्त आमा

बैशाख ३१, काठमाडौ- चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् ।

दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक छोरालाई कोरोना भाइरस सङ्क्रमण देखिएको थियो भने अर्का एक छोरामा नेगेटिभ देखिएको थियो । वैशाख १३ गते २७ वर्षीय छोरा सङ्क्रमणमुक्त भए पनि आमालाई निको हुन समय लागेको थियो । आमासँगै घर जाने बताएपछि सङ्क्रमण निको भएका छोरा पनि अस्पतालकै क्वारेन्टाइनमा बसेका थिए । आमालाई लिएर उनी पनि आज घर फर्किएका छन् । उनीहरुलाई लिन राप्ती नगरपालिका प्रमुख प्रभा बराल एम्बुलेन्स लिएर अस्पताल आइपुगेका थिए ।

अस्पतालका तर्फबाट बिदाइ गर्दै फूल, गुच्छा र डिस्चार्ज दिएपछि खुशी हुँदै आमाले आफूलाई कोरोना भएको भनिए पनि शरीरलाई भने केही नभएको बताइन । उनले भनिन्, “एकदमै राम्रो छ । आउँदा पनि यस्तै थियो अहिले पनि त्यस्तै छ ।” उनले थपिन, “सबैले मलाई कोरोना भयो भने मलाई त केही पनि भएको छैन ।”

अस्पतालको सेवाप्रति उनी निकै खुशी हुँदै नियमित रेखदेखमा रहेका नर्सिङ कर्मचारीलाई उनले विशेष धन्यवाद दिइन । बिदाइ गर्दै अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले उनलाई शुभकामना दिए । स्वास्थ्यको ख्याल गर्न अधिकारीको सुझाव थियो । प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले दुई सातासम्म घरमा छुट्टै बस्न अनुरोध गर्दै केही असजिलो भए अस्पताल आउन आग्रह गरे ।

उनले टेलिफोनबाट पनि सामान्य समस्या समाधान हुने बताए । सो अवसरमा नगरपालिका प्रमुख बरालले अस्पतालप्रति विशेष धन्यवाद दिँदै उनीहरुको रेखदेखमा नगरपालिकाले ध्यान दिने बताए । सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सकप्रति बरालले आभार प्रकट ग ।

कोरोना जितेर फर्कँदै गरेकि आमाको बिदाइमा मेडिसिन विभाग प्रमुख डा प्रकाश खतिवडा, कोरोना क्लिनिकल संयोजक डा प्रमोद पौडेल, मेट्रोन शान्ता भण्डारी, सूचना अधिकारी लीलाधर पौडेल, आइसोलेसन विभाग प्रमुख रुमा देवकोटालगायतको उपस्थिति थियो । यसअघि २७ वर्षीय छोराले सङ्क्रमणमुक्त भएपछि अस्पताललाई धन्यवाद दिएका थिए । आज पनि उनले त्यसैलाई दोहो¥याएर आमासँगै घर फर्किएका हुन् । रासस