कीर्तिपुरमा भोक निवारण द्रुत कार्य समूह गठन

वैशाख ३१, कठामाडौ -कीर्तिपुर नगरपालिकाले नगरभित्र बसोबास गर्ने व्यक्ति भोकै नपरुन् भनेर खानाको व्यवस्थापन गर्न दु्रत कार्य समूह गठन गरेको छ ।लकडाउनका कारण दैनिक ज्याला मजदूरी गर्ने, बाहिर जिल्लाबाट आएका र नगरपालिकाका विपन्न घरपरिवारको समस्यालाई ध्यानमा राख्दै खाद्य पदार्थको व्यवस्थापनका लागि उक्त समूह गठन गरिएको जनाइएको छ ।

नगरपालिकाका उपप्रमुख सरस्वती रिजालका अनुसार अप्ठेरोमा परेका व्यक्तिलाई सम्पर्क गर्दै खाद्य पदार्थ होम डेलिभरी गर्ने गरिएको छ । “हामीले दु्रत कार्य समूह गठन गरेर खाद्य पदार्थको व्यवस्थापन गरेका छौँ, उपभोक्ताले समस्या भयो भनेर फोन गरेपछि आवश्यकताअनुसारको खाद्य पदार्थ लिएर हामी घरमै पुग्छौँ,” प्रवक्ता रिजालले भनिन, “हामीले पहिलो र दोस्रो चरणको राहत वितरण सकेर होम डेलिभरी गरेका हौँ, दु्रत कार्य समूहबाट खाद्य व्यवस्थापन र डेलिभरी व्यवस्थापन उपसमिति बनाएर खाद्य पदार्थको होम डेलिभरी गर्ने गरिएको छ ।”

समूहका संयोजक रिजालका अनुसार पहिलो चरणमा चार हजार एक सय र दोस्रो चरणमा तीन हजार ५७५ घरपरिवारलाई राहत वितरण सकेर समस्यामा परेका मजदूर तथा न्यून वर्गका उपभोक्तालाई घरघरमै खाद्य पदार्थ पु¥याउँदै आइएको हो ।