चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि भुवन केसीले दिए आवेदन

बैशाख ३१, काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्षका लागि नायक भुवन केसीले आवेदन दिएका छन् । सरकारले तोकेको १५ दिनको म्याद कट्नै लाग्दा केसीले बोर्ड अध्यक्षमा आवेदन दिएका हुन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षका लागि वैशाख १६ मा सार्वजनिक सूचना जारी गरेको थियो। मंसिर ३० मा बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

न्यूनतम शैक्षिक योग्यताको प्रावधानै संशोधन गरेर जारी गरिएको सार्वजनिक सूचनामा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका नेपाली नागरिकलाई आवेदनका लागि आह्वान गरिएको थियो।