के तपाई उचित तरिकाले मास्कको प्रयोग गर्नु भएको छ ? चेकजाँचको लागि निम्न वुँदाहरु हेर्नुहोस ।

 

वैशाख २८, काठमाडौ – आजभोलि धेरै मानिसहरुको मुखमा मास्क देखिन्छ । कोभिड १९को सक्रमण वढे संगै मास्कको अभाव पनि भएको छ । भिडभाडमा जाँदा मास्क लगाउन आवश्यक छ । यसवाट रोग सर्न केहि न केहि रुपमा रोक्दछ । तर यसको उचित प्रयोग नगरे मास्क लगाउनुको कुनै फाइदा हुदैन । के तपाई उचित तरिकाले मास्कको प्रयोग गर्नु भएको छ ? चेकजाँचको लागि निम्न वुँदाहरु हेर्नुहोस ।

१. मास्क छुनु भन्दा पहिले सेनिटाईजर वा साबुन पानीले हातहरू सफा गर्नुहोस् ।
२. मास्क प्वाल छकी हेर्नुहोस । प्वाल भएको माक्स लगाउनु हुदैन ।
३. मास्कको मेटेल स्टाइप नाकको आकारमा मिल्ने गरि लगाउनुहोस । मास्कको तल्लो भाग तल तान्नुहोस ताकि यसले मुख र चिउडो ढाकियोस ।
४. मास्कलाई वेलावेलामा छुने काम नर्गनुहोस । यसो गर्दा हानी हुन सक्छ ।
५. मास्कको प्रयोग पछि सफा हातले मास्क हटाउनुहोस् । माक्सलाई कानको पछाडि बाट हटाउनुहोस् ।
६. मास्कको प्रयोग पछि तुरुन्त बन्द फोहोर वाकसमा मास्कलाई राख्नुहोस। मास्कलाई सकेसम्म पुनः प्रयोग नगर्नुहोस्।
७. मास्कलाई मुखवाट निकाले पछि हातलाई राम्ररी सेनिटाइज्ड वा साबुन पानीले धुनुहोस् ।

याद राख्नुहोस् कि मास्क लगाउनु अन्तिम विकल्प होइन ।  आफूलाई र अरूलाई कोभिड १९को सक्रमणवाट जोगाउन तपाईले वेलावेलामा सावुन पानीले हात धुनु, खोक्दा कुहिन वा टिशुको प्रयोग गर्नु र अरुबाट कम्तिमा १ मिटर दूरी कायम राख्नु जरुरी छ ।