हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत प्रदान

बैशाख २७, काठमाडौ-सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका जानकी मगरको परिवारलाई आज राहत प्रदान गरिएको छ । जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी मगरको परिवारलाई किरिया खर्चबापत डिभिजन वन कार्यालयले रु ५० हजार प्रदान गरेको छ ।

कार्यालय प्रमुख जिल्ला वन अधिकृत सन्तोषकुमार झाले वडा नं २ स्थित घरमा पुगेर मृतकका श्रीमान् पेसल मगरलाई रकम हस्तान्तरण गरेको जनाइएको छ । वन अधिकृत झाले तत्काल मृतक परिवारलाई किरिया खर्चबापत रकम उपलब्ध गराएको बताउँदै राज्यपक्षबाट समेत सुविधाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बिहीबार कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आक्रमणमा परी ३८ वर्षीया महिलाको मृत्यु भएको थियो । घरमा सुतेकी उनलाई भाग्ने क्रममा हात्तीले कुल्चेर मारेको थियो । केही दिनयता सप्तरीको उत्तरी र पूर्वी भेगका जनता हात्ती आतङ्कबाट पीडित भएका छन् । सो क्षेत्रमा दैनिक कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीले आतङ्कित बनाएको स्थानीयवासीले बताएका छन् ।