वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

बैशाख २४, काठमाडौं – वीरगञ्जमा थप १७ जनालाई  कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको  देवकोटाले जानकारी दिए ।