एनआइसी एशिया बैंकको पीओएस टर्मिनल र एटीएमहरूमा अब मास्टरकार्डको डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्न सकिने

बैशाख २४, काठमाडौं – एनआइसी एशिया बैंकले अन्तर्रा्ष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि यस बैंकको पीओएस टर्मिनल तथा एटीएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने सुविधा ल्याएको छ ।

अब कुनै पनि राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्यहरूको प्रयोग ग्राहकहरूले यस बैंकको पीओएस टर्मिनलमार्फत कारोबार रकम भुक्तानी तथा एटीएम मेसिनहरूबाट नगद निकाल्न र मौज्दात सोधपुछ सुविधाका लागि प्रयोग गर्न सकिनेछ ।

नेपालमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको र विशेष गरी सेवा क्षेत्रहरू जस्तै होटल, रेष्टुरेन्ट, पर्यटन क्षेत्रमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या यथेष्ट रहेकोले मास्टरकार्डको यस सुविधासँगै एनआइसी एशिया बैंकले मर्चेन्ट भुक्तानी सेवामा थप टेवा पु¥याएको बैंकले जनाएको छ ।