चौतर्फी विरोध पछि अध्यादेश फिर्ता लिने तयारीमा प्रधानमन्त्री

बैशाख ११, काठमाडौं –मधेस केन्द्रित पार्टी फुटाएर संसदमा सरकारको पक्षमा दुई तिहाई समर्थन बनाउने आशयका साथ ल्याइएको अध्यादेश प्रत्युत्पादक सावित भएपछि प्रधानमन्त्री केपी ओली त्यसलाई फिर्ता लिने तयारीमा छन् ।

राजपा र समाजवादी पार्टी फुट्नुको साटो एक भइ सवल प्रतिपक्षको भूमिका खेल्ने निर्णय एकातिर, अर्को्तिर नेकपा पार्टी भित्रै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गुटबन्दी बढ्न थालेपछि प्रधानमन्त्री ओली यो निर्णयमा पुगेका हुन् ।

रातारात दुई मधेसवादी पार्टीको एकता र पार्टी भित्र आफू विरुद्ध दबाब बढेपछि आत्तिएका ओली बिहीबार नयाँ निष्कर्षमा पुगेका हुन् । पार्टीका अर्का अध्यक्ष प्रचण्डसँगै नेताहरु माधव नेपाल, झलनाथ खनालसहितले अध्यादेश फिर्ता लिन दबाब दिएका थिए ।

राष्ट्रपतिको अनुमोदनपछि रापत्रमा जारी भइसकेको अध्यादेशले कानूनको रुप लिने हुँदा त्यसलाई प्रक्रिया संवत तरिकाले फिर्ता लिनु पर्ने हुनाले आलोचनाको भुंग्रोमा परेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कानूनविदसँग छलफल सुरु गरेकी छन् ।