अध्यादेश खारेजीको माग गर्दै नेविसंघकोे विरोध प्रदर्शन

बैशाख १०, काठमाडौं –सरकारले त्याएको अध्यादेश खारेजीको माग गर्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ।

नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समूहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेको थियो। नेविसंघका पूर्व अध्यक्ष रन्जीत कर्णको अगुवाइमा निस्केको विद्यार्थी समूहले संघीय संसद अगाडिको सडकमा केहीबेर प्रदर्शन गरेको थियो।

संघले आजबाट नियमित रुपमा सरकारको विरोधमा ठाउँ–ठाउँमा प्रदर्शन गर्ने बताएको छ।