आलोचना पछि कोरोना कोषमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टी गर्ने निर्णयमा पछि हट्यो सरकार

बैशाख ८, काठमाडौं – सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टी गर्ने निर्णयको चौतर्फी बिरोध भएपछि निर्णबाट पछि हटेको छ ।

संकटको वेला अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको समेत तलब कट्टी गर्ने निर्णय फिर्ता गर्दै स्वैच्छिक बनाउन निर्देशन दिएका छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसबारे सबै निकायलाई पत्राचार गरिसकेको छ  ।  गत ३ वैशाखमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले प्रत्यक्ष रूपमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको हकमा तलब कट्टी स्वैच्छिक बनाउने निर्णय गरेको हो ।