हायात होटल असारसम्म बन्द हुने

बैशाख ८, काठमाडौं – पाँचतारे होटल हायात रिजेन्सी असार १६ गतेसम्म बन्द हुने भएको छ।

होटल व्यवस्थापनले सूचना जारी गर्दै कोरोनाको संक्रमणले गर्दा पर्यटकहरुको आवागमन नै नभएको कारण असारसम्म बन्द गर्ने निर्णय गरेको जनाएको हो।

होटलबाट हुने अनय व्यवस्थापकिय कार्य पनि असार १६ गते सम्म बन्द गरिएको जानाकारी दिएको छ।

एकातिर पर्यटकको आवागमन नहुन अर्को रित कर्मचारीहरुलाई समेत जोखिम हुने भएकोले चैत ९ गतेबाट बन्द भएको होटल असार १६ गतेसम्म बन्द गर्ने निर्णय भएको होलका महाप्रबन्धक राजेश रामदासले जनाएका छन्।