लकडाउनको पूर्ण पालना गर्न प्रचण्डको आग्रह

बैशाख १, काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कारोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनलाई कडाइका साथ पालना गर्न सबैमा अपिल गरेका छन्।

नयाँ वर्ष २०७७ को सुभकामना दिँदै प्रचण्डले लकडाउनलाई पालना गर्दै उच्च मनोबल, स्वअनुशासन र एकताबाट कोरोनालाई जितेर विजय प्राप्त गर्न सकिने बताए ।

कोरोना भाइरसले सबै जाति, धर्म समुदायलाई आक्रमण गरेको सन्दर्भमा नयाँ वर्षले मानवजातिकै राष्ट्रिय एकतासँगै नयाँ अन्तर्रा्ष्ट्रिय एकता प्रदान गर्ने प्रचण्डको भनाई छ।