कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको मेस्सीले गरे प्रशंसा

बैशाख १, एजेन्सी – बार्सिलोनाका स्टार लियोनल मेस्सीले कोरोना भाईरसविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् ।

मेस्सीले इन्स्टाग्रामबाट कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मी अहिलेको नायक रहेको भन्दै उनीहरुको कामबाट आफु कृतज्ञ भएको बताएका छन् ।

’हिजोबाट यो हप्ताको विश्व स्वास्थ्य कार्यकर्ताको युनिसेफसँगको सहकार्य अन्त्य भयो र म उनीहरूले गरेको कामका लागि गहिरो कृतज्ञता व्यक्त गर्न चाहन्छु,’ मेस्सीले भनेका छन् ।

६ पटकको बालोन डी’ओर विजेता अर्जे्न्टिनाका मेस्सी युनिसेफका सद्भावना दुत हुन् । मेस्सीले युनिसेफसँग मिलेर सामाजिक कार्यहरु गर्दै आईरहेका छन् ।

चीनबाट सुरु भएको कोरोनाको संक्रमणविरुद्ध लड्न मेस्सीले आर्थिक सहयोग समेत गरेका छन् ।