नयाँ वर्ष संगै जन्मदिन मनाउँदै दयाहाङ, दीपक र शिवहरि

बैशाख १, काठमाडौं – नयाँ वर्षको दिन नेपालका चर्चित हास्य कलाकार तथा अभिनेता दीपकराज गिरीको आज जन्मदिन परेको छ । कोरोना कहरका बिच उनले जन्मदिन घरमै मनाउँदै छन् ।

यसै गरी चर्चित हास्य कलाकार शिवहरि पौडेलको पनि आज जन्मदिन परेको छ । दीपक, शिवहरिका साथमा नेपाली फिल्म इन्डस्ट्रीका निकै सफल र दर्शकको मनमा बस्न सफल अभिनेता दयाहाङ राईको पनि आज जन्मदिन परेको छ ।

तिनै नेपाली रजतपटका हस्तीले लकडाउनका बिच घरमै परिवारका साथ जन्मदिन मनाउँदै छन् ।