अमेरिका पुगेर परिवारसंग रमाउदै सरोज खनाल

चैत २७, काठमाडौं – केही दिन अगाडि अमेरिकी सरकारले नेपालबाट विमान चार्टर गरेर ३०३ जना अमेरिकी नागरिकलाई आफ्नो देश फिर्ता लगेको थियो ।

३०३ अमेरिकी नागरिकहरूको भीडमा थिए नायक सरोज खनाल । उनी त्यहाँको ग्रिन कार्ड होल्डर हुन् । यद्यपि केही वर्ष अगाडि अमेरिकाको सम्पूर्ण सुख सुविधा त्यागेर नेपाल फर्किएको घोषणा गरेका थिए ।

परिवारसँग रमाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले जसले जे भने पनि आफूलाई परिवारसँग नै समय बिताउन मन लागेको लेखेका छन् ।

उनको पुरै परिवार अमेरिकामै छ । जेठो छोरा अमेरिकी आर्मीमा कार्यरत छन् भने कान्छो छोरा अध्ययनरत छन् । श्रीमती सूर्य माला खनाल पनि केही समय अघि देखी उतै छिन् ।

अमेरिका पुगे लगत्तै सरोज खनालले श्रीमती र दुई नातिसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । जहाँ उनी निकै खुसी देखिन्छन् । उनले लेखेका छन् जे पर्ला तेहि टर्ला’