कोरोना रोकथाम कोषका लागि ड्युटीमा खटिएका प्रहरीको समेत तलब काटिने

चैत २७, काठमाडौं – प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरि कोरोना कोषमा जम्मा गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनमा प्रधानमन्त्री, मन्त्री र सांसदको तलबसहित सांसद विकास कोषको रकम कट्टा हुन सक्ने आकलन गरिएको भए पनि त्यसो हुन भने सकेन ।

अहिले प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागले सबै कार्यालयलाई परिपत्र गर्दै प्रहरी सहायक निरीक्षकदेखि महानिरीक्षकसम्मको तलब कट्टा गर्न निर्देशन दिएको छ ।

वैशाख महिनाको तलबबाट कट्टा गरी तत्काल वाणिज्य बैंकमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न गराउन निर्देशन दिइएको छ ।