खुल्यो तातोपानी नाका, चिनबाट आउन थाले माक्स र सेनिटाइजर

चैत २७, काठमाडौं – विगत २ महिनादेखि बन्द रहेको नेपाल–चीन जोड्ने सिन्धुपलाञ्चोकस्थित तातोपानी नाका खुला भएको छ ।

चीनबाट अत्यावश्यक सामग्री ढुकानीका लागि बुधबार साँझदेखि उक्त नाका संचालनमा आएको हो ।

चीनमा कोरोना भाइरस (कोभिड–१९) को संत्रास देखिएपछि गत माघ १३ गतेदेखि तातोपानी नाका बन्द भएको थियो ।

बन्द नाका खोलिएपछि पहिलो दिन १० बाकस सेनिटाइजर र १९ बाकस मास्क नेपाल भित्रिएको छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार चेक जाँच गरेर मालबाहक गाडीलाई नेपाल प्रवेश दिइएको छ ।