कोरोना भाइरसको कीटनाशक औषधि छर्कदै

तुलसीपुर उपमहानगरपालिकाले विभिन्न ठाउँमा कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न कीटनाशक औषधि छर्कंदै ।

उपमहानगरपालिकाले पहिलो चरणमा भिडभाड हुने क्षेत्रमा कीटनाशक औषधि छर्किन सुरू गरेको हो । रोटरी क्लब र रोट्रयाक्ट क्लब अफ तुलसीपुर सिटीको व्यवस्थापनमा उपमहानगरपालिकाले मङ्गलबार अस्पताल तथा उपमहानगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन क्षेत्रमा दमकल प्रयोग गरी कीटनाशक औषधि छर्किएको हो ।

तस्वीर ः बालाराम खड्का÷ रासस