को बन्ला अबको गभर्नर ? सिफारिस गरियो ३ जनाको नाम

चैत २४, काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

अर्थमन्त्री ड. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि सिवोकाटीको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको हो ।

सिफारिसमा परेका खनाल अर्थमन्त्रालयका पूर्वसचिव हुन् । सिवकोटी राष्ट्र बैंकका डेपुटी गभर्नर हुन् । सिवकोटी अहिले राष्ट्र बैंकको कामु गभर्नरको रूपमा कार्यरत छन् ।

अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । हाल उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् ।

अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिमा पूर्वसचिव कृष्णहरि बास्कोटा र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य छन् ।