नेपालमा थप तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भेटियो, यस संगै नेपालमा संक्रमितको सख्या नौ पुग्यो

 

चैत्र २२, काठमाडौ -नेपालमा थप तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको छ ।
स्वास्थ्य मन्त्रालयले आफ्नो फेसबुकमार्फत् सङ्क्रमणको पुष्टि गरेको छ ।

तीमध्ये दुई जना भारतबाट नेपाल फर्किएका हुन । एक जना पहिला सङ्क्रमण भएका व्यक्तिकी आफन्त भएको जनाइएको छ । हुन्।

कैलालीमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिकी आफन्तमा पनि कोरोनाभाइरस भएको पाइएपछि नेपालमा पहिलो पटक स्थानीय रूपमा सङ्क्रमण सरेको पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अन्य दुई सङ्क्रमितमध्ये दुवै जना भारतवाट आएका हुन ।

यससँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको सङ्ख्या नौ पुगेको छ।

तीमध्ये पहिलो पटक पुष्टि भएका व्यक्ति भाइरसमुक्त भइसकेको अधिकारीहरू बताउँछन्।