मुम्बइबाट फर्किएका तीन जनामा भाइरसको संक्रमण पुष्टि

चैत २२, काठमाडौं – नेपालमा कोरोना भाइरसका थप तीनजना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त) मा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।