राष्ट्रपतिमाथि रामकुमारी झाँक्रीको ब्यङ्ग – ‘महामहिम राष्ट्रपतिज्यू विकसित मुलुकका नेपालीको मात्र चिन्ता नगरी बक्स्योस्


चैच २०, काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवम् सांसद् रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाबासी नेपालीको मात्रै चासो प्रकट गरेको तर देशका सीमामा आइपुगेका नेपालीलाई भने प्रवेश नदिएको भन्दै कडा टिप्पणी गरेकी छन्। समाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै सांसद् झाँक्रीले विकसित देशमा बसोबास गर्ने नेपालीको चिन्ता प्रकट नगर्न आग्रह गरेकी हुन्।

‘सिधा कुराः महामहिम अमेरिका, क्यानडा, युरोप, अष्ट्रेलिया, जापान,कोरियालगायत विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्स्योस,’ उनको ट्विटरमा लेखिएको छ, ‘नेपालका विभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदुरहरू लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन्। व्यस्थापनको लागि स्थानीय तहलाई निर्देशन दिने कि?’

भारतको धार्चुलाका नेपालीलाई नेपाल सरकारले प्रवेश नदिएपछि झाँक्रीको आक्रोश सामाजिक सञ्जालमा आएको हो। नेपालका विभिन्न सीमामा भारतबाट नेपाल प्रवेश गर्न चाहने नेपालीलाई सरकारले नेपाल प्रवेश गर्न दिएको छैन।