योग गर्दाका फाइदा

माघ, २५ काठमाडौं ।

– शरीरका प्रणालीहरूलाई तन्दुरुस्त राख्ने भएकाले शरीरमा लागेका अधिकांश रोग निको हुन्छ ।
– योगमा विपरीत क्रिया, श्वासको लयबद्धता र मनको एकाग्रता एकसाथ गरिने कारणले आधुनिक चिकित्साले सन्चो नभएका कतिपय बिरामी पनि लाभान्वित हुन सक्छन् ।
– मानसिक रूपमा समस्या समाधान गर्ने विधि योग तथा प्राकृतिक चिकित्सामा प्रशस्तै पाइन्छ ।

– योग जीवन बिताउने कला हो, शारीरिक मानसिक रूपमा स्वस्थ राख्न मद्दत गर्छ
– आध्यात्मिक आनन्द प्राप्त हुन्छ ।

– जोर्नीहरू सञ्चालन गर्न सहयोग गर्छ
– शरीरको लचिलोपना वृद्धि गर्न सहज गर्छ

– कुनै पनि कुरालाई सहज रूपमा लिने बानीको विकास गर्छ ।
– भोजन ग्रहण गर्दा कुन ठीक कुन बेठीक छुट्याउनलाई सहयोग गर्छ ।

– शरीर र प्राण अलग कुरा हुन्, यो अलग कुरा हाम्रो शरीरमा कसरी सञ्चालन भएको छ भन्ने कुरा गहिरो साधनाबाट अनुभूति हुन्छ ।
– रोग प्रतिरोधात्मक क्षमता विकास गर्छ ।