चीनमा कोरोना भाइरसबाट ३५० को मृत्यु

माघ २०, एजेन्सी – चीनमा कोरोना भाइरस संक्रमित व्यक्तिहरूको संख्या निरन्तर बढ्दै गएको छ। कोरोना भाइरसबाट चीनमा मर्नेहरूको संख्या ३५० पुगेको छ।

यो भाइरसबाट फिलिपिन्समा पनि एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ। अहिलेसम्म चीनमा कोरोना भाइरस संक्रमणका १४ हजार घटना भएका छन्। यस्तै चीन बाहिर १५० बढी यो भाइरस संक्रमण भएका घटना पुष्टि भएका छन्।

भाइरसको संक्रमणबाट जोगिन विश्वका धेरै देशहरूले चीनसँको सीमा नाका बन्द गरेका छन्। चीनले कोरोना भाइरसको उपचारका लागि १००० शय्याको अस्पताल तयार पारेको छ। चिनियाँ सञ्चार माध्यमका अनुसार अस्पतालको निर्माण पूरा भएकाले सोमवारदेखि सेवा सुरु हुने छ। यो अस्पताल वुहान सहरमा बनाइएको छ।