माक्सको अभावमा चीनमा सेनेटरी प्याड र ब्राको प्रयोग

 

काठमाडौं, १९ माघ । कोरोना भाइरसका कारण हजारौं मानिस संक्रमित भएका छन् । भाइरस संक्रमण हुनबाट बच्न मास्कको प्रयोग अत्याधिक बढेपछि चीनमा मेडिकल मास्कको अभाव हुन थालेको हो ।
बजारमा मास्क पाउन छाडेपछि मानिसहरु भाइरसबाट बच्न अनेक उपाए अपनाउन थालेका छन् । चिनका ठुला–ठुला स्टोरमा समेत मास्क अभाव भएको छ । त्यो अभाव सँगै अनिवार्य यात्रागर्नुपर्ने चिनीयाहरु मास्कको सट्टा महिलाको ब्रा लगाएत सुन्तलाको बोक्रा, आधा काटिएको ड्रम र पुरै प्लास्टिकले कभर भएर हिड्न थालेका छन् ।

चीनको वुहान सहरबाट फैलिएको नोवल कारोना भाइरको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर फिल्टर माक्स’को माग अत्यधिक बढेको छ । काठमाडौंका मेडिकल तथा सर्जिकल स्टोरमा मास्क किन्ने चिनियाँ नागरिकको भीड बढ्दो छ ।

के हो कोरोना भाइरस ?
जनावर तथा चराचुरुङ्गीहरुमा हुने यो भाइरसले विभिन्न जनावरमा भिन्न किसिमका रोगहरु निम्त्याउाछ स् गाई तथा सुगुरमा झाडापखाला, कुखुरामा श्वासप्रश्वास सम्बन्धि आदि । क्राउन जस्तो अर्थात् शिरमा लगाउने ताज जस्तो देखिने भएकाले यसको नाम ‘कोरोना’ भाइरस रहन गएको बताइन्छ । ऊँट, चमेरा, आदिजस्ता जनावरमा मात्रै पाइने यो भाइरस खासमा मानव शरीरमा सर्ने खालको होइन तर, यसको एउटा खास विशेषता हुन्छ जस अन्तर्गत यसले आफ्नो ‘जीन’ मा परिवर्तन ल्याउँछ (यसको म्युटेसन हुन्छ) र जनावरबाट मानिसमा र मानिसबाट अन्य मानिसमा फैलिँदै जान्छ ।

सामान्यत: यो एउटा साधारण भाइरस हो तर, यसका केही प्रकारहरु निकै घातक हुन्छन् । जसले विशेष गरी श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा असर पुर्‍याउँछ । रुघाखोकी यसको सामान्य असर अन्तर्गत पर्दछ भने यसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रमजस्ता श्वासप्रश्वास सम्बन्धित प्राणघातक रोग निम्त्याउन पनि सक्छ ।