कवाडी गोदाममा आगलागी

 

काठमाडौं, १९ माघ ।  ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाको दूतावासनजिकै रहेको कवाड संकलन केन्द्रमा आगलागी भएको छ ।

आगलागीमा परि भारतको मोतिहारी घर भई सानेपामा बस्ने ४५ वर्षीय धर्मनाथ जैसवाल र भारतको सीतामढी घर भई कुपन्डोल बस्ने ३० वर्षीय नन्दु जैसवाल घाइते भएको प्रहरीले जनाएको छ । दुवैको अल्का अस्पतालमा उपचार भइरहेको छ । आगो ताप्दै गर्दा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

आगो लागेको स्थान साँघुरो रहेकाले वारुण यन्त्र पुग्न कठिनाइ भएको छ । तर ५ वटा वारुण यन्त्र आगो निभाउने प्रयासमा छन् । यस्तै आगो निभाउनका लागि ६ वटा ट्यांकर पनि तयारी अवस्थामा छन् ।
नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानीय बासिन्दा आगो निभाउन प्रयासरत छन् । यस्तै सेनाको एउटा टुकडी पनि आगो निभाउनका लागि परिचालन भएको छ ।