दोस्रो हाफमा चार गोल, शीर्ष स्थानको लिभरपुललाई २२ अङ्कको अग्रता

माघ १९, एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले आफ्नो अग्रतालाई झन् फराकिलो बनाएको छ ।

शनिबार भएको खेलमा साउथह्याम्टनलाई चार–शून्य गोल अन्तरले हराउँदै लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अग्रता २२ अङ्कमा र्पुयाएको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले जित निकालेसँगै उसको उपाधि यात्रा झन् बलियो बनेको छ । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा लिभरपुलले चार गोल र्गयो ।

यो जितपछि लिभरपुलले २५ खेलमा ७३ अङ्क बनाएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अङ्क छ ।