‘परदेशी २’ बाट डेब्यु गर्दै प्रकाश सपुत

माघ १९, काठमाडौं – प्रशान्त तामाङको मुख्य भूमिका रहेको चलचित्र ‘परदेशी’ को सिक्वेल बन्ने भएको छ ।

चलचित्रको सिक्वेलमा चर्चित लोक गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्ने भएका छन् ।प्रकाशको जोडीको रूपमा नायिका वर्षा सिवाकोटी रहेको बुभिएको छ । तर नायिका सिवाकोटीले यस बारेमा केही प्रतिक्रिया दिएकी छैनन । 

चलचित्रले रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथालाई समेट्ने बताइएको छ ।