आकाश र पूजाको मन परेसीको शुभमुहुर्त

काठमाडौं, १७ माघ । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले शिर्ष भूमिकामा अभिनय सुरु गरेको चलचित्र ‘मन परेसी’को शुभमुहुर्त गरिएको छ । श्रीपंचमीको अवसर पारेर भद्रकाली मन्दिरमा चलचित्र मुहुर्त सर्ट खिचिएको हो ।

मुहुर्तमा अभिनेत्री पुजा शर्मा, अभिनेताद्वय आकाश श्रेष्ठ, रविन्द्र झाका साथमा डेब्यू कलाकार मोनालिसा खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

‘रामकहानी’बाट सुरु भएको पुजा र आकाशको सहकार्य, ‘पोइ पर्‍यो काले’, ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झनाविर्सना’हुँदै ‘मन परेसी’ सम्म आइपुगेको हो ।

रुपेश थिङ तामाङले निर्देशन गर्ने चलचित्रमा आकाश र पूजाका साथमा बुद्धि तामाङ, रविन्द्र झा, शिशिर राणा, किरण श्रेष्ठ, लक्ष्मण श्रेष्ठ लगायत कलाकारले अभिनय गर्ने छन् ।