कोरोना भाइरस – डब्लुएचओद्वारा विश्वव्यापी आपतकाल घोषणा

माघ १७, काठमाडौं – चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ ।

चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

बिभिन्न भाइरसका संक्रमणले विश्वव्यापी संकट निम्ताएपछि डम्बलुएचओले आपतकाल घोषणा गर्ने गरेको छ ।

यसअघि पाँच पटकसम्म आपतकाल घोषणा गरिसकिएको बीबीसीले जनाएको छ ।