अबको प्राथमिकता एमसीसी अनुमोदन : प्रधानमन्त्री

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ जना प्रधानमन्त्रीले समेत गुजारेर राखेको एमसीसीलाई संसदबाट अनुमोदन गराउने अबको पहिलो प्राथमिकिता हुने बताएका छन् । चार महिनापछि प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले एमसीसीलाई संसदबाट अनुमोदन गराउन ढीलाइ भएको बताएका हुन् ।

सभामुख चयनमा केही ढिलाइ हुादा यो विषय अघि बढाउन ढिला भएको भन्दै उनले अब सदनले यसमा ध्यान दिनुपर्ने बताए । ‘धेरै अघिदेखि बढ्दै आएको ६ देखि ७ जना प्रधानमन्त्रीले गुजार्दै आएको सदनको प्रतीक्षा गरेको अनुमोदनका लागि एमसीसीजस्ता प्रस्ताव पारित गर्नुपर्नेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो अधिवेशनमा अलिकति समय खेर गएको भए पनि अब खेर जान नदिएर सहज ढंगले अघि बढाउनुपर्नेछ । यस कामका लागि सभामुखको सफल नेतृत्व रहनेछ भन्ने विश्वास लिएको छु ।’

लोकतन्त्रको लडाइँमा सबै दल एकतावद्ध भएकै कारण सफलता प्राप्त भएको उदाहरण पेस गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जहाँ हामी एकतावद्ध भएनौं, त्यहाँ सफलता प्राप्त भएन । जुनबेला एकतावद्ध भयौं, हामी सफल भयौं । हामी एकताबद्ध नहुँदा निरंकुशता छाएको छ । त्यसैले हामीलाई एकताबद्ध हुन इतिहासले शिक्षा दिएको छ । सुशासन र समृद्धिका लागि एकताबद्ध हुनु जरुरी छ । आइडोलोजीका आधारमा हामी विभाजित हुनु हुँदैन ।’