४ हजार धरौटीमा छुटिन आस्था

काठमाडौं, १४ माघ । प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा ‘अभद्र व्यवहार’को मुद्दा खेपिरहेकी गायिका आस्था राउत छुटेकी छन् । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार चार हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

आस्थाविरुद्ध त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचका क्रममा दुव्र्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी थिइन् । आस्थाविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।
आस्थाले भने आफूमाथि पनि प्रहरीबाट दुव्र्यवहार भएको दाबी गर्दै आएकी थिइन् । आस्थाले झापा पुगेर सामाजिक सञ्जाल फेसबुकमा जाँचका क्रममा आफूमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीमाथि फेसबुक मार्फत आक्रोश पोखेकी थिईन् ।

त्यसपछि भारतमा सांगीतिक कार्यक्रममा रहेकी आस्था सोमबार आफैं प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी थिइन् । सोमबारै आस्थालाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको थियो ।

सोमबार प्रहरी कार्यालयमा आस्थाले कानुनभन्दा माथि कोही नभएको बताउँदै कारबाही स्विकार्ने बताएकी थिइन् । प्रहरी नियन्त्रणमा रहेकी आस्था सोमबार साँझै अस्पताल भर्ना भएकी थिइन् । चिकित्सकको सल्लाहमा उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको प्रहरीको भनाइ छ ।