दुई नम्बरीमा पल र वर्षाको रोमान्स

काठमाडौं, १४ माघ । अभिनेत्री वर्षा राउत र पल शाहले चलचित्र ‘नाई नभन्नु ल–४’ जोडीका रुपमा अभिनय गरेका थिए । त्यसपछि कुनै चलचित्रमा पनि नजोडिएका यि जोडी कलाकार अब भने पुन: जोडीकै रुपमा पर्दामा प्रस्तुत हुने भएका छन् । चलचित्र ‘नाईं नभन्नु ल–४’मा अभिनय गरेको ४ वर्षपछि यो जोडी चलचित्र ‘२ नम्बरी’मा सँगै देखिन लागेको हो ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि औपचारिक घोषणा गरिएको यो चलचित्र निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्दै छन् । चलचित्रमा लेखन पनि निर्देशक लामकै रहने छ । निर्देशक लामाका अनुसार चलचित्रमा २ क्यारेक्टरको कथा र २ नम्बरी अर्थात कालो धन्दाको प्रसंग रहेको छ । यो चलचित्र किरण नेपालीले निर्माण गर्दैछन् ।

चलचित्रमा वर्षा र पलका साथमा दयाहाङ राई र बुद्दि तामाङ पनि शिर्ष भूमिकामा देखिने छन् । चलचित्र आगामी वर्षको जनैपूर्णिमामा रिलिज गने निर्माण पक्षले जनाएको छ ।